श्रीमतिलाई आगो लगाएर मार्ने श्रीमान् र भाउजु पक्राउ

७ बर्ष अगाडि

जनकपुर – आफ्नै श्रीमतिलाई आगो लगाई हत्या गर्ने श्रीमान र मतियार बनेकी भाउजुलाई धनुषा प्रहरीले पक्राउ गरेका छन् । 

घटना भएकै दिन देखि फरार रहेका धनुषाको शहीदनगर नगरपालिका वडा नम्बर १ बस्ने २४ वर्षिय श्रीमान् मुकेश गोइत यादव र २५ वर्षिया भाउजु श्यामा देवी यादवलाई आज धनुष प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका छन् ।

विगत केहि वर्ष देखि दुवै जना बीच अनैतिक सम्बन्ध रहेका कारण घटनामा श्रीमान् र भाउजुको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

पटक पटक श्रीमान् मुकेश र श्रीमति बीच विवाद भइरहेको बेला वैशाख ५ गते राति खाना बनाई रहेकी २४ वर्षिया निर्मला देवी यादवलाई भाउजु श्यामाको इशारामा मकुेशले शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रमुख उपरिक्षक शेखर खनालले जानकारी दिए ।

उपचारको क्रममा वैशाख १६ गते काठमाण्डौमा निर्मलाको मृत्यु भएको थियो । पक्राउ परेका दुवै जनामाथि कर्तव्य जान मुद्दा चलाइने प्रहरी उपरिक्षक खनालले जनाए ।

वैशाख ५ गते घरमा निर्मला एक्लै भएकी बेला मुकेश गोइत यादव र भाउजु श्यामा देवीले कुटपिट गर्दै हात खुट्टा बाँधेर पेट्रोल छर्केर आगो लगाएका थिए ।

७ बर्ष अगाडि

प्रतिक्रिया