विवाह गर्छु भन्दै बालिकाको बलात्कार

७ बर्ष अगाडि

इलाम – १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

फाकफोकथुम गाउँपालिका ६ का २६ वर्षीय गोपाल राईलाई १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

दुई महिना अघि विवाह गर्छु भन्दै आफ्नै घरमा राखेर बलात्कार गरेको पीडित बालिकाले प्रहरीसँग बयान दिएकी छन् ।

बयानका आधारमा राईलाई पक्राउ गरी जबरजस्ती करणी सम्बन्धीको मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया