महसुल नतिर्नेमाथि कुलमानको एक्सन, डेढ करोड बक्यौता असुल

७ बर्ष अगाडि

काठमाडौं – नेपाल विद्युत प्राधिकरण धरान वितरण केन्द्रले विद्युत महसुल तिर्न अटेर गर्ने ग्राहकको लाइन काटेर डेढ करोड रुपैयाँ असुल गरेको छ ।

कुलमानको एक्सनपछी वितरण केन्द्रले २ हजार ५८ जनालाई कारबाही गरेर विद्युत वक्यौता असुलेको हो ।

चालु वर्षमा लाइन काटिएका २ हजार २७ जनाले बाँकी बक्यौता बुझाएको वितरण केन्द्रले जनाएको छ ।

बक्यौता बुझाउने ग्राहकको लाइन पुनः जोडिएको छ । लाइन काटिएका अन्य ग्राहक पनि बाँकी बक्यौता बुझाउन आइरहेको केन्द्रले जनाएको छ ।

कूल  ३ महिनासम्म महसुल बुझाउन अटेर गर्नेको लाइन काट्ने काम नियमित भइरहेको वितरण केन्द्रले जनाएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया