आइपिएल: दिल्ली र हैदरवाद खेल्दै, सन्दीप आज पनि बेञ्चमा नै रहनेछन् ?

६ बर्ष अगाडि

एजेन्सी - इन्डियन प्रिमियर लिग आइपिएलको इलिमिनेरमा बुधबार दिल्ली क्यापिटल्स र सनराएजर्स हैदरावादबीच खेल हुँदै छ । विशाखापट्टनममा हुने खेल नेपाली समयअनुसार राती ७:४५मा सुरु हुने छ । 

समूह चरणमा अंक तालिकाको तेस्रो र चौथो स्थानमा रहेका दुई टोलीको भेट इलिमिनेटरमा भएको हो ।

आजको खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ । विजयी टोलीले क्वालिफायरमा भारतका पूर्वकप्तान महेन्द्रसिंह धोनीको चेन्नाइ सुपर किंग्ससँग प्रतिस्पर्धा गर्ने छ । क्वालिफायर जित्ने टोली फाइनल प्रवेश गर्ने छ, जहाँ मुम्बइ इन्डियन्ससँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

दिल्लीको टिममा आज प्रतियोगिताकै सबैभन्दा धेरै विकेट लिने खेलाडी कासिगो रबदा हुनेछैनन् । प्रशिक्षक रिकी पोन्टिङ र कप्तान श्रेयस ऐयरले आज पनि बलिङमा क्रिस मोरिसलाई नै अगाडि सार्न सक्छन् । किमो पल वा मोरिसले अवसर पाएको खण्डमा सन्दीप लामिछाने आज पनि बेञ्चमा नै रहनेछन् । विशाखापट्टनमको पीच स्पिनरका लागि उपयुक्त मानिन्छ । यसैले सन्दीपको सम्भावना बढाउँछ । हैदरवादका लागि यो सिजनकै सबैभन्दा भरपर्दा ब्याट्सम्यान डेविट वार्नर र जोनी बेयर्सटो साथमा हुनेछैनन् । यसले हैदारावादमाथि निकै दबाव थपिने छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया