श्रीमानकै अगाडि श्रीमती बलात्कार, भिडियो भाइरल

७ बर्ष अगाडि

भारत – भारतको राजस्थानमा दलित महिलामाथि श्रीमानकै अगाडि सामूहिक बलात्कार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

राजस्थानको अलवर जिल्लामा गत अप्रिल २६ मा यो घटना भएको तर भिडियो भने हालसालै सार्वजनिक भएको हो । दलित अधिकारकर्मीहरुले प्रहरीले दोषीलाई कारबाही नगरेपछि दोषीले नै भिडियो सार्वजनिक गरेको आरोप लगाएका छन् । 

दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै दलित संगठनहरुले अलवरमा प्रदर्शन जारी राखेका छन् । दम्पतीलाई बाटो छेकेर एकान्त ठाउँमा लगेर केही युवाले ती महिलालाई बलात्कार गरेका थिए । 

७ बर्ष अगाडि

प्रतिक्रिया