प्रधानमन्त्रीसँग सभामुख डराए : सभापति देउवा

७ बर्ष अगाडि

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट शासन आएकाले राष्ट्रपतिलाई बेलायती महारानीको शैलीमा प्रस्तुत गरिएको आरोप लगाएका छन् । 

सभापति देउवाले सरकारले सबै क्षेत्रमा हस्तक्षेप गरिरहेको दावी पनि गरे । 

बुधबार काठमाडौंमा आयोजित पार्टीको राष्ट्रिय जागरण अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै सभापति देउवाले सभामुख कृष्णबहादुर महरालाई इतिहासकै सबैभन्दा कमजोर सभामुखको संज्ञा दिए । 

सभापति देउवाले मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले बोलेको गैर संसदीय भाषालाई डिलिट गर्न आफ्नो पार्टीले पटक पटक आग्रह गर्दा पनि सभामुख महराले प्रधानमन्त्रीसँग डराएर सो काम गर्न नसकेको दावी गरे ।

७ बर्ष अगाडि

प्रतिक्रिया