पद्मरत्न तुलाधर नभएको भए शान्ति प्रकृयामा आउन गारो थियो : अध्यक्ष प्रचण्ड

७ बर्ष अगाडि

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको शान्ति प्रकृयामा महत्वपुर्ण भुमिका रहेको बताएका छन् । 

मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको जीवनी सर्वरत्न पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले शान्ति प्रकृया र लोकतान्त्रीक करणमा महत्वपुर्ण भुमिका खेलको बताएका । प्रचण्डले भने, उहाँहरुको योगदान नभएको भए शान्ति प्रकृयामा आउन गारो थियो । 

सो कार्यक्रममा उनले मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरले राज्यमा एक महत्वपुर्ण भुमिका खेलेका पनि बताए । उनले तुलाधारको निधन भएपनि उहाँलाई सच्चा अभिभावको रुपमा मानेको बताए । 

कार्यक्रममा बोल्दै प्रचण्डले भने, तुलाधारले भाषा र सस्कृति सम्बन्धी आन्दोलन होस या पच्चायत विरुद्धको आन्दोलनको बेलामा पच्चायतको गड भित्रै गएर जनताको आवाज हरु घन्काउन सक्ने र त्यो भावुकतालाई सिङ्गो नेपालीहरुलाई भावुक बनाएर आन्दोलित गर्न सक्ने  उहाको भुमिका र त्यसपछी मानवअधिकारवादी,नागरिक आन्दोलन,र लोकतान्त्रीक आन्दोलन,शान्ति सम्झौता, र शान्ति प्रकृया सफल पार्ने नेताको रुपमा उहाले ठुलो भुमिका खेलेका बताए । 

७ बर्ष अगाडि

प्रतिक्रिया