एकता घोषणा गरेको २ दिन नबित्दै समाजवादी पार्टीमा भाँडभैलो, पार्टीबाट दर्जनौ नेता बाहिरिदै

७ बर्ष अगाडि

काठमाडौं – संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकता गरेर बनेको समाजवादी पार्टीमा भाँडभैलो सुरु भएको छ । 

एकता घोषणा गरेको २ दिन नबित्दै सो पार्टीका झण्डै एक दर्जन नेताहरु बाहिरिने तयारीमा लागेका छन् । त्यसका लागि उनीहरुले आन्तरिक छलफललाई तीव्र बनाएका छन् । नयाँ शक्ति र फोरमबीच वैशाख २३ गतेमात्रै एकता गरेर समाजवादी पार्टीको घोषणा गरिएको थियो ।

उक्त एकताप्रति प्रश्न उठाउदै नेताहरुले विद्रोह गर्ने तयारी गरेका हुन् । यसको नेतृत्व पूर्व नयाँ शक्ति पार्टीका नेताहरुले गरेका छन् । 

पूर्व नयाँ शक्ति पार्टीका सचिवालय सदस्यहरु मदन राई, कल्पना धमला, भक्तबहादुर शाह, रामबहादुर बोहोरा, सोनामसिंह स्याङतान, ज्ञानेन्द्र कुमाल, देवेन्द्र पराजुलीलगायतले फोरमसँगको पार्टी एकता प्रकृया  नै गलत भएको निष्कर्ष निकाल्दै विकल्पको खोजीमा लागेका हुन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया