नयाँ दिल्ली – भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले चौकीदार चोर भनेको विषयमा विना सर्त अदालतमा माफी मागेका छन् ।
उनले केही समयअघि भारतीय जनता पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री नरेन्द्र मोदीले बनाएको मुल नारा म हु चौकीदार लाई चोरको संज्ञा दिएका थिए ।
उनको यस चौकीदार चोर शब्दका कारण अदालतले स्पष्टिकरण मागेको थियो । भारतीय संच्चारमाध्यमका अनुसार उनले सुप्रिम कोर्टमा हलफनामा पेस गरेका छन् । हलफनामा पेस गर्दे उनले सुप्रिम कोर्टमा भनेका थिए त्यस प्रकरणलाई बन्द गर्नु पर्छ ।
उनले यो चौकीदार चोर हो भन्ने शब्द भुलबस भनेको बताए । उनले भनेका छन् यसका लागी म क्षमा चाहान्छु । मेरो अदालतको अपमान गर्ने केही मनसाय थिएन ।
उनले यस प्रकरणलाई माफी दिदै अदालतलाई केस बन्द गर्न आग्रह गरेका थिए ।
अब यस प्रकरणको सुनवाइ मे १० मा हुनेछ ।
प्रतिक्रिया