भारत – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राजीव गान्धीबारे आफूले गरेको टिप्पणी फिर्ता गर्न अस्वीकार गरेका छन्।
उत्तर प्रदेशको लखनऊमा आयोजित एउटा चुनावी सभामा सम्बोधन गर्दै मोदीले पूर्वप्रधानमन्त्री गान्धी देशको सबैभन्दा ठूलो भ्रष्टाचारी भएको टिप्पणी गरेका थिए।
प्रतिपक्षी दल कांग्रेसका अध्यक्ष तथा राजीव गान्धीका छोरा राहुल गान्धीप्रति कटाक्ष गर्दै उनले भनेका थिए, तपाईँका पितालाई उनका भारदारले मिस्टर क्लीन बनाइदिए। तर उनको जीवनकाल भ्रष्टाचारी नम्बर १ का रूपमा समाप्त भयो।
त्यसअघि राहुल गान्धीले मोदी रोजगारी र किसानको स्थितिबारे प्रत्यक्ष बहस गर्न डराएको बताएका थिए । राजीव गान्धीको सन् १९९१ मा एउटा चुनावी र्यालीमा भएको एउटा आत्मघाती बम विस्फोटनमा परेर मृत्यु भएको थियो।
मोदीले गरेको टिप्पणीको कांग्रेस पार्टीले मात्र नभएर अरू विपक्षी दलहरूले पनि आलोचना गरेका छन् । तर एउटा अन्तर्वार्तामा मोदीले आफूले तथ्यू भनेको भन्दै आफ्नो भनाइको प्रतिरक्षा गरेका छन्।
प्रतिक्रिया