एकता वार्ता सकारात्मक :  यस्तो छ सहमतिको तयारी

७ बर्ष अगाडि

काठमाडौँ- पाँच महिनादेखि सघन वार्तामा रहेका एमाले–माओवादी एकता प्रक्रियाको अन्तिम बिन्दुमा पुगेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ |

एकता बार्तामा भएको सहमति अनुसार दुई अध्यक्षसहित स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय समिति, राष्ट्रिय प्रतिनिधि परिषद्, प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्र, महानगर/नगर वा गाउँ कमिटी, वडा कमिटी, प्रारम्भिक कमिटी बनाउने तयारी छ |
यस्तै केन्द्रीय कमिटीमा ५०–५०% राख्ने विषयमा अडिग माओवादी र त्यति दिनै नसक्ने एमाले दुवै लचिलो भएका छन् । ठ्याक्कै ५० नमिले पनि त्यही हाराहारीमा सहमति हुने सम्भावना छ ।

एमाले नेता झलनाथ खनाल, माधव नेपाल र माओवादी नेता नारायणकाजी श्रेष्ठको वरीयताबारे विधानको मस्यौदामा केही उल्लेख छैन । एकीकृत पार्टीको केन्द्रीय कमिटीले नै उनीहरूको वरीयताबारे निर्णय गर्ने सहमति नेताहरूबीच भएको छ ।

जनताको बहुदलीय जनवाद र २१औँ शताब्दी जनवादको सट्टा समाजवादउन्मुख नीति अंगीकार गरेर जाने विषयमा दुई दल लगभग सहमत भइसकेका छन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया