समयको माग भए सभापतिको उमेदवार हुने

७ बर्ष अगाडि

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समयको माग भए १४ औं महाधिवेशनमा आफू सभापतिको उमेदवार हुने बताएका छन् । 

सिन्धुली सदरमुकाममा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले समयको माग भए १४ औं महाधिवेशनमा आफु सभापतिको उमेदवार हुने बताएका हुन् । 

पौडेलले प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ति अहंकार र उन्मादले ग्रस्त भएको बताए । पत्रकार सम्मेलनमा नेता पौडेलले प्रधानमन्त्रीको अहंकारले संसदको मर्यादामाथि पटक–पटक प्रहार गरेको बताए ।

नेता पौडेलले प्रधानमन्त्री ओलीको अलोकतान्त्रिक मानसिकताले आर्थिक र सामाजिक अराजकता बढेको बताए । नेता पौडेलले काङ्ग्रेसभित्र आन्तरिक मतभेद कायमै रहेको बताउदै उनले मतभेदका कारण पार्टी भित्र आन्तरिक संघर्ष चलिरहेको स्पष्ट पारे ।

७ बर्ष अगाडि

प्रतिक्रिया