सबै प्रदेशको सन्तुलित विकास हुनेगरी बजेट ल्याउन काँग्रेसको माग

७ बर्ष अगाडि

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सबै प्रदेशको सन्तुलित विकास हुनेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ । 

नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले सबै प्रदेशको सन्तुलित विकास हुनेगरी बजेट नल्याए त्यसले असन्तुष्टि जन्माउने र त्यो विद्रोहको रुपमा परिणत हुनेतर्फ पनि सरकारलाई सचेत गराए । 

बुधबार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै उनले पहुँच र प्रभावको आधारमा नभई जनताको आवश्यक्ताको आधारमा प्रतिनिधिसभाको सबै निर्वाचन क्षेत्रमा पनि बजेटको व्यवस्था गर्न सरकारसँग माग गरे ।

७ बर्ष अगाडि

प्रतिक्रिया