सिन्डिकेट लाद्न ‘तलबी गुन्डा’

७ बर्ष अगाडि

कास्की-   दुई वर्षअघि पूर्वको उज्यालो यातायात व्यवसायी संघले पोखरा–काँकडभिट्टा रूटमा बस चलाउने तयारी गर्‍यो । पोखराको जिरो किलोमिटरमा काउन्टर स्थापना गर्न खोज्दा पृथ्वी राजमार्ग बस सञ्चालक समितिले अवरोध पुर्‍यायो । उज्यालोका दुई बसमा पृथ्वीले तोडफोड गर्न खोजेपछि झडप भयो । दुवैतर्फका सात जना घाइते भए ।

पोखरा नगरभित्र बस चलाउने तयारी गरेको विन्ध्यवासिनी बस व्यवसायी समितिलाई पनि पोखरा बस व्यवसायी समितिले त्यस्तै अवरोध गर्‍यो । दुवै पक्षबीच पटकपटक झडप भयो । यस्ता झडपमा समितिले ‘गुन्डा’ परिचालन गर्ने गरेका छन् । झडपमा प्रयोग गर्नकै लागि समितिले गुन्डागर्दीमा संलग्नलाई तलबै दिएर कर्मचारीका रूपमा राख्ने गरेका हुन् ।

पृथ्वी राजमार्ग बस सञ्चालक समितिको कार्यालय र काउन्टरलगायतमा गरी चार सय कर्मचारी छन् । तीमध्ये ३८ जना कामै नगरी मासिक ९ देखि १२ हजारसम्म तलब बुझ्छन् । उनीहरू समितिका देशभर रहेका विभिन्न काउन्टरमा बिहान हाजिर गर्छन् । त्यत्तिकै भरमा महिना मरेपछि तलब पाउँछन् । त्यसरी तलब लिनेमा कांग्रेस, एमाले र माओवादीनिकट युवा संगठनमा आबद्ध युवा बढी छन् । आफूले चलाइरहेको रूटमा अन्य यातायात व्यवसायी वा समितिले सवारी हाल्न खोजे उनीहरूविरुद्ध बल प्रयोग गर्न यिनै कर्मचारी खटाइन्छन् । पृथ्वीमा मासिक ९ देखि १२ हजारसम्म बुझ्ने त्यस्ता कर्मचारी छन् । आजको कान्तिपुरमा  समाचार छ |

७ बर्ष अगाडि

प्रतिक्रिया