काँग्रेसको प्रश्नमा प्रधानमन्त्री कड्किएपछि संसदमा हंगामा

७ बर्ष अगाडि

काठमाडौं– काँग्रेसको प्रश्नमा जवाफ दिनेक्रममा  प्रधानमन्त्री केपी शर्मा कड्किएपछि संसदमा हंगामा भएको छ । 

नीति तथा कार्यक्रमबारे संसदमा ओली बोल्दै गर्दा नेपाली कांग्रेसका सांसदहरुले विरोध गरे । 

प्रधानमन्त्रीओलीले प्रतिपक्षी दलका सांसदहरुको  सोधेको प्रश्नको उत्तर दिने रोष्टममा पुग्ने वित्तिकै आक्रोस, कुण्ठा र निम्छरा अभिव्यक्तिहरुको वास्ता नगरेर प्रश्नहरुको जवाफ प्रस्तुत गर्छु भनेका थिए । 
त्यसपछि सांसद मिनबहादुर विश्वकर्माले उठेर विरोध जनाए । त्यसलगत्तै काँग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्रीको अभिव्यक्ति संसदीय मर्यादा विपरित भएको भन्दै रेकर्डबाट हटाउन आग्रह गरे । 

 काँग्रेसका सबै सांसदहरु आफ्नो सिटबाट उठेर आफ्ना प्रश्नको स्पष्ट जवाफ माग गरेका थिए ।  सभामुख कृष्णबहादुर महाराले पटक–पटक आफ्नो सिटमा बस्न कांग्रेसका सांसदहरुलाई आग्रह गरेपनि उनीहरुले विरोध गरिरहे ।

७ बर्ष अगाडि

प्रतिक्रिया