काठमाडौँ – आज बसेको प्रतिनिधी सभा बैठकमा कांग्रेसले प्रधानमन्त्रीले आफूलाई वेवास्ता गरेको र संसदीय मर्यादा उल्लंघन गरेको भन्दै कांग्रेसले नाराबाजी गरेका छन् ।
संसदमा उठेर कांग्रेस सांसदले अप शब्द बोलेपछी प्रधानमन्त्री केपी शर्मा ओलीले अपशब्द बोल्नी हो ? भनेर प्रश्न समेत गरेका थिए ।
त्यसपछि प्रधानमन्त्री आफैंले भने, प्रश्नको जवाफ चाहिएको छ कि छैनू भन्दै नाराबाजी गरेका सांसदहरुलाई प्रश्न गरेका थिए । त्यसपछि कांग्रेसका सांसदहरुले प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नको जवाफ दिनैपर्ने व्यवस्था भएको र संसदीय मर्यादा पालना गर्नुपर्ने भन्दै नाराबाजी गरेका थिए ।
सभामुखले प्रधानमन्त्रीलाई अघि बढ्न आग्रह गरेपछि कांग्रेसको नाराबाजीकाबीच पनि प्रधानमन्त्रीले केही प्रश्नकोमात्र जवाफ दिएका थिए ।
त्यसपछी केही सांसदको राखेको प्रस्तावको विषयमा फिर्ता लिने नलिने भनेर सभामुखले रुलिङ गरेका थिए । आज राखिएको केही सांसदहरुको प्रस्तावमा हुन्न भन्ने सांसदको सङ्ख्या बढी भएपछी अस्विकृत भएको थियो ।
संसद बैठक सकिएपछी नेपाली कांग्रेसका सभापति देउवा र प्रधानमन्त्री आम्ने साम्ने भएका थिए । प्रधानमन्त्री सँग देउवाले केही गुनासो गर्दे थिए त्यसपछी प्रधानमन्त्री ओली त्यहाबाट बाहिरीएका थिए ।
अर्काे बैठक बैशाख २६ गते विहान ११ बजे बस्ने छ ।
प्रतिक्रिया