काठमाडौँ – प्रतिनिधी सभामा आज बसेको बैठकमा कांग्रेस सांसदले अप शब्द बोलेपछी प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएका छन् ।
कांग्रेस सांसदले अपशब्द बोलेपछी प्रधानमन्त्रीले भने अपशब्द बोल्नी हो ? । यस समयमा संसदमा कांग्रेस सांसद उठेर विरोध गरिरहेका थिए । सभामुख महराले बस्नु पटक पटक भन्दा पनि कांग्रेस सांसदले मानेका थिएनन् ।
कांग्रेसले प्रधानमन्त्रीले आफूलाई वेवास्ता गरेको र संसदीय मर्यादा उल्लंघन गरेको भन्दै कांग्रेसले नाराबाजी गरेको हो ।
त्यसपछि प्रधानमन्त्री आफैंले भने, ूप्रश्नको जवाफ चाहिएको छ कि छैनू भन्दै नाराबाजी गरेका सांसदहरुलाई प्रश्न गरेका थिए । त्यसपछि कांग्रेसका सांसदहरुले प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नको जवाफ दिनैपर्ने व्यवस्था भएको र संसदीय मर्यादा पालना गर्नुपर्ने भन्दै नाराबाजी गरेका थिए ।
सभामुखले प्रधानमन्त्रीलाई अघि बढ्न आग्रह गरेपछि कांग्रेसको नाराबाजीकाबीच पनि प्रधानमन्त्रीले केही प्रश्नकोमात्र जवाफ दिएका थिए ।
प्रतिक्रिया