प्रधानमन्त्री केपी ओलीले नीति तथा कार्यक्रममा मेरो सरकार भन्ने शव्दावली जानीबुझि नै राखेको प्रष्टिकरण दिएका छन् । मङ्गलबार संघीय संसदमा जवाफ दिदै प्रधानमन्त्रीले मेरो सरकार शव्दप्रति आएका टिप्पणीको जवाफ दिदै ओलीले जानेर, बुझेर र अन्तराष्ट्रि मुल्य र मान्यता अनुसार नै मेरो सरकार भनेर राखिएको बताएका हुन् । उनले शव्दप्रति गरेको टिप्पणीलाई आलोकाँचो पनको संज्ञा दिदै त्यसो नगर्न आग्रह गरे ।
‘जनताका प्रतिनिधिले राष्ट्रप्रमुखको हैसियतमा मेरो सरकार भन्नु बान्छनीय हुन्छ । राष्ट्रपतिले ढुक्कले भन्ने हो मेरो देश, मेरो सरकार, मेरो धर्ती । राष्ट्रपतिले आफु मातहतको सरकारलाई मेरो सरकार भन्दा अल्मलिनु पर्दैन’ प्रधानमन्त्रीले प्रष्ट पारे ।
प्रतिक्रिया