काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिले 'मेरो सरकार' भनेको कुराको खण्डन गरेका छन् ।
सङ्घीय संसद्मा प्रस्तुत सरकारको आगामी आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममाथिको उठेका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले नीति तथा कार्यकममा राष्ट्रपतिले 'मेरो सरकार' भनेर सम्वोधन गरेको शब्द जानी जानी बुझेर राखेको बताए ।
उनले आफुहरुले देखाएको सपना राति सुत्दा देख्ने सपना नभएको पनि बताए । प्रतिपक्षले दिउसै सपना देखेको भनेपछि उनले त्यसको खण्डन गर्दे भने, यो राति सुत्दा देख्ने सपना हैन संकल्प र अठोट बोकेको सपना हो, र यसलाई पुरा पनि गर्नेछौ । उनले भने सपना मात्र देखेको छैन संकल्प पनि बोकेको छ अठोट पनि बोकेको छ ।
प्रतिक्रिया