काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले अझै विकासको विस्वास बढाउदै लगेको छ या घटाउदै लगेको छ भन्ने कुरा अझै टुङ्गो लागिनसेको बताएका छन् ।
प्रचण्डले अहिलेको परिवर्तनले जनतालाई विकास,समृद्धि र एउटा नयाँ जिवनको सपना र विकासको विस्वास बढाउदै लगेको छ या घटाउदै लगेको छ भन्ने कुरा अझै टुङ्गो लागिनसकेको भन्दै जनता बडो धैर्यताका साथ र बडो भरोषाका साथ हेरिरहेको बताए । उनले भने सरकारले,जनप्रतिनिधीले र पार्टीहरुले प्रयास गर्देछन् भनेर विस्वास गरिरहेका छन् भनेर कायम नै रहेको बताए ।
उनले थपे हामीले यो परिवर्तनलाई विगतमा जसरी एक दशक भन्दा बढी थेग्न सकेनौ, त्यो परिवर्तनको रक्षा गर्न सकेनौ,सुद्धिढ गर्न सकेनौ तर अब चै त्यो स्थिति हुने छैन भन्ने कुराको विस्वास दिलाउनका लागि पनि अब हामीले आफ्ना अगाडीका लक्ष्यहरु पुरा गर्नका लागि हिजोको जस्तै त्याग,तपस्या र हिजोको जस्तै बलिदान गर्ने संकल्प नेतृत्वले नगर्ने हो भने फेरी खतराको घण्टी बज्न सक्छ उनले भने ।
संसद भवनमा आज बसेको प्रतिनिधि सभाको बैठकमा निति तथा कार्यक्रमको छलफलको विषयमा बोल्दै प्रचण्डले अघिल्लो वर्षको भन्दा यस सालको निति तथा कार्यक्रम गुणात्मक रुपमा नयाँ स्तरमा उठ्न खोजेको बताए ।
उनले अहिले आएको निति तथा कार्यक्रममा समेटिएका विषयले आगामी वर्षमा नेपाललाई समृद्धि सगै नयाँ युुगतिर लैजाने प्रयासमा सकारात्मक भुमिका खेल्छ भनेर विस्वासको आधार बनेको पनि बताए ।
उनले सरकारले रेल,पानीजहाजका कुरा गरिरहदा यसलाई पुरा गरिने भन्दै उनले अब हामी नेपाली, सबै राजनितिक पार्टीका नेताहरु मान्य सदस्यहरु,देशभरीका जनप्रतिनिधीहरुले यतै सपना देख्न पनि थाल्नु पर्दछ र यो सपना साकार पार्नका लागि आफुलाई समर्पित पनि गर्नुपर्ने बताए । उनले यदि यस्तो नगरेर व्यवहारीक कुरामात्र गरेमा समृद्ध नेपालको सपना पुरा हुन नसक्ने बताए । ,
प्रचण्डले राष्ट्रपतिले प्रस्तुत गरेको निति तथा कार्यक्रमलाई दृढ समर्थन गर्न आग्रह समेत गरेका थिए ।
प्रतिक्रिया