काठमाडौं – नेपाल राष्ट्र बैंकले दुई वटा लघुवित्त संस्थालाई गाभिनका लागि अनुमति दिएको छ ।
राष्ट्र बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले ओमी लघुवित्त वित्तीय संस्था र नागरिक लघुवित्त वित्तीय संस्थालाई आपसमा गभिनका लागि अनुमति दिएको हो ।
पछिल्लो समय राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई मर्जरमा जान दबाब दिइरहेको जानकारी प्राप्त भएको छ । राष्ट्र बैंकको दबाबपछि लघुवित्त संस्थाहरु धमाधम मर्जरमा जान थालेका छन् ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ओमी लघुवित्तको चुक्ता पुँजी रु १० करोड १० लाख ८८ हजार रहेको छ । यो अवधिमा ओमीले रु चार करोड ४८ लाख ४९ हजार नाफा कमाएको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नागरिक लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी रु १ करोड ७५ लाख चुक्ता पुँजी रहेको छ । यो अवधिमा संस्थाको नाफा रु ४९ लाख ६४ हजार नोक्सानीमा रहेको छ ।
प्रतिक्रिया