राजधानीको कोटेश्वरमा बम भेटियो

७ बर्ष अगाडि

काठमाडौं– राजधानीको कोटेश्वरस्थित व्यस्त सडकमा सोमबार साँझ बम फेला परेको छ । 
एकाएक अज्ञात समूहले राखेको बम देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सो बम सेनाको बम डिस्पोजल टोलीले निश्क्रिय पारेको छ । 
नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले संकास्पद बस्तु सामान्य खालको खरेल बम भएको पाइएको जानकारी दिए । 
बम भेटिएपछि सो क्षेत्रका स्थानीय त्रसित हुनुका साथै सवारी साधन आवागमनमा समेत केहीबेर अवरोध सिर्जना भएको थियो । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया