काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु फेरी जंगल जान्छु भनेर नभनेको बताएका छन् ।
नारायण प्रसाद पोखरेल प्रतिष्ठान द्वार आयोजित गीता ज्ञान महाअनुस्थानको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, मिडियामा फेरी प्रचण्ड जंगल जान तयार भनेर समाचार आएछ तर मैले फेरी जंगल जान्छु भनेको होइन । उनले थपे, फेरी देश र जनताको लागि जरुरी पर्याे भने म फेरी सबै चिज त्यागेर हिड्न तयार छु भन्न खोजेको हो ।
उनले आफ्नो लागि अब केही नचाइएको भन्दै भने, मलाई सम्पति चाइएको छैन,घर गाडी चाइएको छैन तर देश र जनताको लागि जानुपर्याे भने सबै चिज त्यागेर बुद्ध जस्तै हिड्न सक्छु मात्र भन्न खोजेको स्पष्ट पारे ।
प्रतिक्रिया