काठमाडौँ – उपेन्द्र यादवले अहिलेका कम्युनिष्टहरु कम्यूनिष्ट नभएर कमाउनिष्ट भएको बताएका छन् ।
यादवले भने मैंले कम्यूनिष्ट आन्दोलन लामो समयसम्म गरे तर अहिलेका कम्यूनिष्ट कम्यूनिष्ट नभएर कमाउनिष्ट भएका छन् ।
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा दुई पार्टीबीच भएको एकता घोषणा कार्यक्रममा बोल्दै उनले भने,अहिले कम्यूनिष्ट को बोबाला होइन, कमाउनिष्टहरुको बोलबाला रहेको छ ।
उनले भने, कम्यूनिष्ट हरुले भन्दैछन् कि हाम्रो एजेण्डा संघियता थिएन यो त मधेश आन्दोलन ले जबरजस्ती ल्याएको छ । हो मधेस आन्दोलन ले यो संघियता आएको हो ।
उनले भने, काँग्रेस को सिद्दान्त नै सवैधानिक राजतन्त्र हो र अहिले त्यसैमा लागेका छन् । काँग्रेस अहिले धेरै नै पछाडि परिसकेको छ । अरुबाट दान दक्षिणा लिएर देश समृद्ध हुदैँन देशलाई समृद्ध बनाउन आफै सछम छ । देशलाई दरिद्र बनाउने काम काँग्रेसले गरेको छ । सविधान संशोधन गरेर प्रदेसलाई अधिकार सम्पन्न बनाउनु पर्दछ उनले भने,।
प्रतिक्रिया