काठमाडौँ – नेपाली कांग्रेसका नेता एवम् सांसद गगन थापाले सरकारलाई समृद्ध नेपाल सुखी नेपाली भन्ने मुल नारा हटाउन आग्रह गरेका छन् ।
सोमबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफलमा बोल्दै उनले सरकारलाई समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा हटाउन आग्रह गरेका हुन् । उनले सरकारलाई अब समृद्ध दमक सुखी केपी ओली भन्ने नारा बनाउन आग्रह गरे ।
उनले भने प्रधानमन्त्री ज्युको लेटर प्याड मा प्रयो भएको निर्वाचन क्षेत्रको फेहरिस्त पढ्ने मौका पाएपछी र यो निति र कार्यक्रमलाई हेरेपछी मेरो एउटै मात्र सुझाव छ सरकारलाई सरकारले आफ्नो मुल नारा फेरोस, समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा हटाएर सरकारले समृद्ध दमक सुखी केपी ओली भन्ने नारा बनाओस उनले भने ।
प्रतिक्रिया