सिंहदरबारमा हालिमुहाली गरिरहेका कांग्रेस र कम्युनिस्टलाई घोक्रेठ्याक लगाउँछौं

७ बर्ष अगाडि

काठमाडौँ – उपेन्द्र यादव नेतृत्वको सत्तारुढ संघीय समाजवादी फोरम र बाबुराम भट्टराईको नेतृत्वमा रहेको प्रतिपक्षी दल नयाँ शक्ति, पार्टी नेपालबीच आज एकताको घोषणा कार्यक्रम भइरहेको छ । 

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा दुई पार्टीबीच अहिले एकताको घोषणा भइरहेको हो । 

पार्टी घोषणा सभामा बोल्दै पार्टीका नेता राजेन्द्र श्रेष्ठले भने, “तीन वर्षमा सिंहदरबारमा हालिमुहाली गरिरहेका कांग्रेस, कम्युनिस्ट सबैलाई घोक्रेठ्याक लगाउँछौं । सरकार छाड्ने दिनगन्दी शुरु भयो ।” जुवाको काँध फेर्ने पार्टीको समाजवादी पार्टी स्थापना भएको उनले तर्क गरे । सिंहदरबार हेरेर चित्त बुझाउने होइन, अब झन्डा फहराउँछौं, । 

७ बर्ष अगाडि

प्रतिक्रिया