विद्युतीय सवारी चलाउने कार्यक्रम हल्लामात्रै,नियम नै बनाउँदैन सरकार

७ बर्ष अगाडि

काठमाडौं – विद्युतीय सवारी साधन सञ्चालन गर्ने कम्पनीको रुपमा स्थापित सुन्दर यातायातले सरकारको नीति तथा कार्यक्रममा विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गर्ने बताएपनि कानूनी प्रबन्ध नगरेकोमा गुनासो गरेको छ ।

यातायातले आज एक विज्ञप्ति मार्फत विद्युतीय सवारीका लागि विद्युत युनिट दर रेट निर्धारण गर्न नसकेको, विद्युतीय सवारी साधन भाडादर कायम गर्न नसकेको र विद्युतीय सवारीका लागि नीति बनाउन नसकेको बताएको छ ।

विद्युतीय सवारी साधन सञ्चालन तथा प्रयोगका लागि प्रोत्साहन गरिने भन्ने कार्यक्रम आर्थिक वर्ष २०७६÷७७ को वार्षिक नीति तथा कार्यक्रममा समावेश भएको भएपनि नीतिगत व्यवस्था नहुँदा काम गर्न समस्या भएको जनाएको छ ।

सुन्दर यातायातले लामो समयदेखि काठमाडौं उपत्यकामा विद्युतीय सवारी साधन चलाउने प्रयास गर्दै आएको छ । चार्जिङ  स्टेशनका लागि आवश्यक मेशिन तथा सामग्री आयात गरी सरकारलाई नीति नियम बनाइ दिनु हुन पटक पटक आफूहरुले सरकारको ध्यानकर्षण गराएको सुन्दरु यातायातले जनाएको छ ।  तर सरकारले नीति नियम बनाउने तर्फ कुनै चासो र सक्रियता लिएको पाइएको छैन । सुन्दर यातायातले ल्याएको मेशिन तथा सामान प्रयोग बिहिन अवस्थामा रहेको छ ।

सरकारले तत्काल नीति तथा नियम बनाइदिएर सहज बनाउन र विद्युतीय सवारी साधन सञ्चालन गर्ने वातावरण बनाउन समेत आग्रह गरेको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया