आज भनिएको नेपाल बन्द हल्ला मात्रै

७ बर्ष अगाडि

काठमाडौँ – सोमबार नेपाल बन्द भन्दै हल्ला अहिले निकै चलेको थियो । तर, यो बन्द कसले आह्वान गरेको भन्ने औपचारिक रुपमा सार्वजनिक भने भएको थिएन ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सोमबार हुने भनिएको बन्दमा आफ्नो कुनैपनि संलग्नता नभएको स्पष्ट पारेको छ ।

नेकपाले वैशाख २३ गते नेपालबन्द आह्वान गरेको भन्ने कुरा गलत भएको विप्लव समूहका जिल्ला स्तरीय एक नेताले जानकारी दिए । हाल पार्टीले बन्दको कुनै पनि कार्यक्रम नराखेको उनले बताए ।

नेपाल कम्युनिष्ट पार्टी माओवादीले वैशाख २३ गते नेपाल बन्दको आव्हान गरेको भन्दै विज्ञप्ती सहित अनलाइनहरुमा समाचार आएको थियो । तर त्यसको आधिकारीकता कतै छैन ।

केही महिना अगाडी पनि नक्कली विज्ञप्ती सामाजीक सञ्जाल आएपछि केही मात्रामा नेपाल बन्द भएको सुरक्षा निकाएले बताएको थियो ।

सुरक्षा निकायले नक्कली विज्ञप्ती भएको भन्दै कहाँबाट आयो भन्ने छानविन भईरहको बताएको छ । बन्द हल्ला मात्रै हो सुरक्षा निकाएले बताएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया