अवतरणका क्रममा रुसी बिमानमा आगो लाग्यो, ४० जनाको मृत्यु

७ बर्ष अगाडि

रुस – रुसको मस्कोस्थित शेरेमेट्येभो बिमानस्थलमा आइतबार साँझ आपतकालीन अवतरण गर्नेक्रममा एउटा रुसी यात्रुबाहक बिमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ ।

रुसी राष्ट्रिय ध्वजाबाहक एरोफ्लोटको सुखोई एसएसजे१०० बिमानमा ७३ जना यात्रु र पाँच जना चालक दलका सदस्य थिए । बिमान अवतरण हुनासाथ बिमानमा ठूलो आगलागी भएको थियो ।

रुसी जाँच समितिका प्रवक्ता एलिना मार्कोभ्सकायाले बिमान दुर्घटनाबाट ४१ जनाको मृत्यु भएको जानकारी दिए । तर स्वास्थ्यमन्त्री भेरोनिका भोर्टसोभाले ३८ जना बाँच्न सफल भएको बताउँदै मृत्यु हुनेको संख्या ४० मात्र रहेको बताए ।

भिडियो फुटेजमा यात्रुहरु आपतकालीन उद्धार ढोकाबाट बाहिर निस्कन तँछाडमछाड गरेको देखिन्थ्यो ।

शेरेमेट्येभो बिमानस्थलबाट उत्तरी शहर मरमान्स्कका लागि उडेको उक्त बिमान विमानमा प्राविधिक समस्या रहेको भन्दै शेरेमेट्येभो फर्किएको थियो । बिमानस्थलमा जबर्जस्ती उत्रनासाथ बिमानमा आगो लागेको थियो ।

७ बर्ष अगाडि

प्रतिक्रिया