राजधानीको टुङ्गो नलगाई सकियो प्रदेश ५ को संसद अधिवेशन अन्त्य

७ बर्ष अगाडि

बुटवल  । राजधानीको टुङ्गो नलगाई प्रदेश नम्बर ५ को प्रदेशसभाको तेस्रो अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख उमाकान्त झाले आइतबार मध्यरातबाट तेस्रो अधिवेशन समाप्त भएको घोषणा गरेका हुन् ।

आइतबार बसेको प्रदेशसभाको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पढेर सुनाएका थिए ।  गत मङ्सिर २३ गतेदेखि सुरु भएको तेस्रो अधिवेशनले ३८ वटा विधेयक पारित गरेको छ ।

यसअघि आजको बैठकमा बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले संघीय सरकारले कानुन नबनाउँदा प्रदेश सरकारले चाहेअनुसारका कानुन बनाउन नपाएको बताए ।

मुख्यमन्त्री पोखरेलले संघीय सरकारले साझा सूचीका कानुन नबनाउँदा प्रदेश सरकारले कानुन बनाउन नपाएको बताएका थिए ।

‘हामीले संघीय सरकारले कानुन बनाउने बेलासम्मका लागि तयारी गरेका छौं,’ उनले भने, ‘हामीले गर्नुपर्ने तयारी गरेका छौं । संघीय सरकारले बनाउने बित्तिकै ती विधेयक प्रदेशसभामा आउँछन् ।’

उनले प्रदेश सरकार संघीयता कार्यान्वयनका लागि प्रतिबद्ध रहेको भन्दै प्रदेशलाई स्थापित गर्ने गरी काम गरिरहेको बताए ।

यो वर्ष आवधिक योजनाको वर्ष र कानुन निर्माणको वर्षका रुपमा लिएको प्रदेश सरकारले आगामी वर्षमा प्रदेश समृद्धिको आधार तयार गर्न प्रदेश सरकारले सबै पक्षसँग छलफल गरेर अघि बढिरहेको बताए ।मुख्यमन्त्री पोखरेलले वैशाख अन्तिममा प्रदेश विकास परिषद्मार्फत स्थानीय तहसँग समन्वय गरेर स्थानीय तहको बजेटलाई समेत प्रभावकारी बनाउनका लागि सुझाव दिने बताए ।

प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्ने विषयमा सहमति भएपनि राजधानीका बारेमा भने समितिले विज्ञसँग छलफलका लागि थप समय माग गरेपछि टुंगो नलगाई सकिएको हो । 

७ बर्ष अगाडि

प्रतिक्रिया