ओलीले कम्युनिष्ट विरोधीलाई व्यंग्य गर्दै गरे गुलाब र रसबरीको कुरा

७ बर्ष अगाडि

काठमाडौं–एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माक्र्सवाद र लेलिनवादको विरोध गर्नु भनेको गुलाबको फूल कहिल्यै नदेख्नेले गुलाबको फूलै मन पर्दैन भनेजस्तो हुने बताएका छन् । 
माक्र्सवाद र लेलिनवादको ज्ञान नभएकाहरुले  बुझ्दै नबुझी विरोध गर्ने गरेको प्रति व्यंग्य गर्दै ओलीले भने, ‘ कतिपयले भन्ने गर्छन्,  माक्र्सवाद लेलिनवाद मन पर्र्दैन । गुलावको फूल कहिल्यै नदेख्नेले गुलावको फूल पर्दन भने जस्तै हो यो । जसले रसबरी कहिल्यै  खाएको छैन उसले सरबरी मन पर्दैन भन्नुको अर्थ के हुन्छ ?’


आजको दिन लेलिनको जन्मजयन्ती  समेत भएको   स्मरण गर्दै ओलीले  भने, ‘जसले देश विदेशमा ठूलो परिवर्तन गर्यो ।  विश्व राजनीतिक व्यवस्था र अर्थतन्त्रमा परिवर्तन ल्यायो । उहाँको जन्मदिन जन्मदिनको अवसरमा आदरभावका साथ सद्दासुमन अर्पण गर्दछु ।’


ओलीले ज्ञान भएकाहरुले माक्र्सबारे आदरभाव प्रकट गरेपनि अज्ञानीहरुले कडा आलोचना गर्ने गरेको समेत  टिप्पणी गरे । 
‘इश्वरबारे तपाइँको धारणा के भन्दा आइन्सटाइना मैले इश्वर देखेको छैन  । थाहा पनि छैन   । यदी इश्वर हुन्छ भने काल्र्समाक्सलाई खोज्न लगाउने कि भनेर भन्थे रे’ उनले ठट्यौली शैलीमा अगाडि भने, ‘  आइन्सटाइनले पढेका थिए, काल्र्समाक्सबारे थाहा पाए  । नपढेकाले थाहा पाएनन् । नपढेकाले मान्दिन भन्छन् ।’


उनले लेखिन र माक्सवादको सिद्दान्तहरु व्यवहारमा कार्यान्वयन गर्ने उद्देश्यका साथ २००६ सालमा  नेपालमा कम्युनिष्ट पार्टी स्थापना गरिएको पनि बताए ।

७ बर्ष अगाडि

प्रतिक्रिया