श्रम तथा बैदेशिक रोजगार कार्यालय परिसरभित्र प्रभु बैंकको एक्सटेन्सन काउन्टर,प्रेम संजेलले गरे शुभारम्भ

७ बर्ष अगाडि

काठमाडौं – प्रभु बैंक लिमिटेडले मोरङको विराटनगर महानगरपालिका वडा नम्बर ३ स्थित तिनपैनीमा रहेको श्रम तथा बैदेशिक रोजगार कार्यालय परिसर भित्र एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । 

वैदेशिक रोजगारीमा जाने सेवाग्राहीका लागि आवाश्यक श्रम स्वीकृति वापतको शुल्क दाखिला गर्ने तथा अन्य सेवा र सुविधाको लागि बैंकले एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको हो । 

उक्त काउन्टरको शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिका स्थित श्रम तथा बैदेशिक रोजगार कार्यालयका प्रमुख प्रेम प्रसाद संजेलले गरेका थिए । 

यस कार्यबाट वैदेशिक रोजगारीमा जाने ब्यक्तिहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने तथा नेपालको राजस्व संकलनमा पनि थप योगदान पुग्नेविश्वास यस बैंकले लिएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया