काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हल्ला गरेर पार्टी एकता नहुने बताएका छन् ।
आफूहरुले बैशाख ९ गते पार्टी एकता गर्ने औपचारिक निर्णय गरेको नभएपनि मिडियाले टुंगो नै लागिसकेको जसरी प्रचारमा ल्याएको बताए ।
‘आज अर्थात बैशाख ९ गते एकता गर्ने औपचारिक निर्णय गरेका थिएनौं। वाम कार्यदलले सुझाव दिएको मात्रै हो’, प्रचण्डले भने, ’, प्रचण्डले भने, ‘हामीबीच हल्ला गरेपछि त्यो दिन हुँदैन भन्ने पहिले नै कुरा भइसकेको थियो । नभनेको दिन एकता हुन्छ ।
उनले विगतमा वाम तालमेल, एकता गर्नेलगायतका सम्झौता गरेर सबैलाई सरप्राइज दिइएको भन्दै प्रचण्डले अब एकताको घोषणा पनि सरप्राइज हुने बताए ।
प्रचण्डले एकताबाट दायाँबायाँ गर्ने छुट कहिँ कतैपनि पनि नभएको भन्दै उम्कन नसक्ने गरी जनता, कार्यकर्ता र विश्वको पनि घेरा रहेको बताए ।
एकताको सन्दर्भमा एमाले अध्यक्ष केपी ओली र आफूले कतिपनि दायाँ गरेको खण्डमा कसैले छुट नदिने भन्दैे एकताको प्रक्रिया बिग्रन नलागेको बरु बरु परिपक्क ढंगले गर्न नलागेको उनको भनाई थियो ।
नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा आइतबार राजधानीको राष्ट्रिय सभागृहमा एमाले माओवादी केन्द्रले संयुक्त रुपमा आयोजना गरेको एकता संयोजन समितिको संयुक्त कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।
प्रतिक्रिया