सांसदहरुलाई प्रधानमन्त्रीको निर्देशन: औंला ठड्याउने ठाउँ छैन,यसरी नै प्रस्तुत हुनुहोला

७ बर्ष अगाडि

काठमाडौँ – प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रमको विपक्षीबाट विरोध हुन थालेको भन्दै बचाउ गर्न र समर्थन जनाउन सांसदहरुलाई निर्देशन दिएका छन् । 

संसदीय दलको शनिबारको बैठकमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रमको विपक्षीबाट विरोध हुन थालेको भन्दै बचाउ गर्न र समर्थन जनाउन सांसदहरुलाई निर्देशन दिएका हुन् । 

‘नीति तथा कार्यक्रममा कसैले पनि औंला ठड्याउने ठाउँ छैन,‘यसै अनुसार प्रस्तुत हुनुहोला ओलीले भने।’

संसदीय दलको बिहान ११ बजे बोलाइएको बैठक प्रधानमन्त्री ओलीका कारण एक घन्टा ढिलो सुरु भएको थियो। ओली नआउँदै पार्टी अध्यक्ष दाहालको अध्यक्षतामा बसेको बैठकमा उपनेता नेम्बाङले नीति तथा कार्यक्रम राम्रो आएको भन्दै समर्थन जनाउन निर्देशन दिएका थिए। प्रधानमन्त्रीको विदेश भ्रमणका कारण छलफलका लागि समय नरहेको भन्दै नेम्बाङले २४ गतेपछि दलको बैठक बोलाइने जानकारी दिएका थिए। छलफल गर्न नपाइने भएपछि केही सांसदले असन्तुष्टि जनाएका थिए। 

तर पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र संसदीय दलका उपनेता सुवास नेम्बाङले समय नभएको भन्दै सांसदहरूलाई छलफलमा रोक लगाएका थिए । 

७ बर्ष अगाडि

प्रतिक्रिया