नीति तथा कार्यक्रम प्रचण्डले पढ्दा 'मेरो सरकार' नभएको खुलासा

७ बर्ष अगाडि

काठमाडौँ – शुक्रबार संसदमा प्रस्तुत गरेको २६ पृष्ठ लामो सरकारको नीति तथा कार्यक्रममा पहिले 'मेरो सरकार' नभएको खुलासा भएको छ । 

उक्त निति तथा कार्यक्रम प्रस्तुत हुनुअघि नेकपाका अध्यक्ष प्रचण्डले पढेका थिए । तर उनले पढ्दा त्यो नभएको र पछि राष्ट्रपति विद्या देवी भण्डारीले पढ्दा मेरो सरकार आएको अध्यक्ष प्रचण्डले नै बताएका छन् । 

शनिबार दिउँसो आयोजित नेकपा संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डले यो खुलासा गरेका हुन् । बैठकमा बोल्दै प्रचण्डले भने,‘मैले पढ्दाखेरि त्यहाँ कतै पनि मेरो सरकार लेखिएको थिएन, पछि घुसेछ । अहिले नेकपाको संसदीय बैठक जारी छ । स्रोतका अनुसार अहिले यस विषयमा संसदीय बैठकमा छलफल भइरहेको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया