राहुल गान्धीको ठोकुवा: मोदीले चुनाव हार्दैछन्

७ बर्ष अगाडि

भारत – भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीले चुनाव हार्ने तय भएको बताएका छन् । 

गान्धीले शनिबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीमाथि कडा टिप्पणाी गर्दै  प्रधानमन्त्री मोदीले चुनाव हार्ने तय भएको बताएका हुन् ।

राहुलले रोजगार र भ्रष्टाचारलाई ठूलो मुद्दा बताउँदै प्रधानमन्त्री मोदी र भाजपालाई निशाना बनाएका हुन् । महागठबन्धन र भोट काट्ने सवाललाई लिएर राहुलले भने, ‘हाम्रो पहिलो लक्ष्य भनेको नै भाजपालाई हराउनु हो ।’ कांग्रेस अध्यक्ष राहुलले राफेल डिलदेखि मसूद अजहरलाई लिएर सञ्चारमाध्यमको सवालमाथि पनि जवाफ दिएका छन् ।

‘चुनाव आधाभन्दा धेरै सकिएको छ । स्पष्ट हुन्छ कि, मोदी चुनाव हार्दैछन् । किसान, भ्रष्टाचार, रोजगार संस्थामाथि अतिक्रमण मुख्य मुद्दा हुन्, यही कारणले गर्दा नै भाजपाले चुनाव हार्दैछ’, राहुलले भने ।

राहुल भने, ‘हामीले मोदीसँग चारपाँच चुनाव लडिसकेका छौँ । जब उनलाई लाग्छ कि उनी चुनाव हार्दैछन्, उनी ध्यान हटाउन केही नयाँ गरिरहेका हुन्छन् ।’

७ बर्ष अगाडि

प्रतिक्रिया