काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले राष्ट्रपतिलाई कार्यकारी राष्ट्रप्रमुखको हैसियत दिन खोजेको भन्दै गम्भीर आपत्ती जनाएको छ ।
शनिबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले संंघीय लोकतान्त्रिक गणतन्त्रतात्मक व्यवस्थामा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई राजामहाराजाको जस्तो गरि कार्यकारी राष्ट्र प्रमुखको हैसियत दिएको ठहर गरेको हो ।
शुक्रबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले मेरो सरकार भन्ने शब्दाबली प्रयोग गर्नु सैद्धान्तिक रुपमै गलत भएको दाबी कांग्रेसले गरेको छ । संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारको नीति तथा कार्यक्रममा प्रयोग भएको भाषा संशोधन गरिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “ मेरो सरकार भन्नु सैद्धान्तिक रुपमा नै गलत हो ।
प्रधानमन्त्री ओली जीले विद्यादेवी भण्डारीलाई चाहिने कार्यकारी राष्ट्रपति जस्तो या राजामहाराजा जस्तो पोजिसनमा राख्न खोजिरहेको जुन खालको बजारमा हल्ला भएको थियो त्यसलाई अझै अगाडि बढाउने ढंगले ल्याईएको छ । यो विल्कुलै संसोधन गर्नुपर्छ । ”
प्रतिक्रिया