राष्ट्रपतिले 'मेरो सरकार' भनेपछी प्रधानमन्त्री ओलीले यसरी दिए स्पष्टिकरण (पुर्णपाठ)

७ बर्ष अगाडि

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिले 'मेरो सरकार' भन्नु कुनै नौलो कुरा नभएको स्पष्ट पारेका छन् । 

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलन गर्दै ओलीले राष्ट्रपतिको हैसियतमा यो सरकार राष्ट्रपतिकै भएको बताए । 

उनले भने ‘मैले मेरो देश भन्छु । मैले मेरो देश भन्दा अरुको होइन भनेको होर ? मेरो देश, मेरो राष्ट्रियगान, मैले बनाएको मेरो मात्र हो र ? तर, यो मेरो राष्ट्रिय गौरवको विषय हो । मेरो सरकारुको अर्थलाई वृहत्त र सामुहिक अर्थमा बुझ्ने प्रयास गर्नुपर्छ । राष्ट्रपति देशको अभिभावक हो । राष्ट्रप्रमुख हो । संस्था हो । मैले व्यक्तिको कुरा गरिराखेको छैन । त्यसैले राष्ट्रपतिको हैसियतमा  यो राष्ट्रपतिकै सरकार हो ।  र, उहाँले मेरो सरकारको नीति तथा कार्यक्रम भन्नु भएको हो ।’

यस्तो अन्तर्राष्ट्रिय अभ्यास बौद्धिक जगत तथा मिडियाले बुझ्नुपर्नेमा उनले जोड दिए ।  उनले भने ‘धेरै परको कुरा छाडौं । संसारभरीका कुरा पनि छाडौं । अन्य मुलुकका कुरा पनि छाडौं ।  छिमेकी मुलुक भारतमा चलेको प्रचलन पनि हामीले थाहा नपाउँदा अचम्म लागेको छ । भारतमा अर्को पार्टीको सरकार हुँदा पनि राष्ट्रपतिले 'माइगभर्मेन्ट' भन्ने चलन छ । भारतका धेरै राष्ट्रपतिले धेरैपटक 'माइगभर्मेन्टु भनेका छन् । त्यहाँको राष्ट्रपतिले के डेमोक्रेशी नबुझेर यस्तो भनेका हुन् ? अनि हाम्रो देशमा राष्ट्रपतिले 'मेरो सरकार' भन्दा राजतन्त्रको झल्को आउने ? भारत पनि गणतन्त्रात्मक मुलुक हो । तर, हामी भर्खर राजतन्त्रात्मक शासन प्रणालीबाट गणतन्त्रात्मक शासन प्रणालीमा प्रवेश गरेकाले बौद्धिक जगतलाई राजतन्त्रको झल्को लागेको हो । ’

प्रधानमन्त्रीले भने ‘यो सरकार जननिर्वाचित हो र विद्या भण्डारी जननिर्वाचित राष्ट्रपति हो । एक्काइशौं शताब्दीमा संसारभरका  लोकतान्त्रिक संसदमा सम्बोधन गर्दा 'माइगभर्मेन्ट' नै भन्ने गरिन्छ । राष्ट्रपतिले कसको सरकार भन्ने ? के निबन्ध पढ्ने ?  राष्ट्रपतिले 'मेरो सरकारु भन्नुभयो भनेर आलोचना गर्नेहरुले आजको दुनियाँ थाहा पाउनुपर्‍यो । 'मेरो सरकार' भन्ने हैसियत राखेरै राष्ट्रपति संसदमा सम्बोधन गर्न आउनुहुन्छ । उहाँ राष्ट्रको अभिभावक हो । संविधानको संरक्षक हो । के हामीले स्थापना गरेको प्रणलीको गरिमा बुझेका छैनौं ? 'मेरो सरकार' भन्ने सामान्य अभ्यास हो । हामीले स्थापना गरेको प्रणालीको गरिमा बुझेनौं । 

७ बर्ष अगाडि

प्रतिक्रिया