राष्ट्रपतिले सरकारै आफ्नो नाममा गरिसक्नु भो, मान्छेहरु जग्गाको पछि लागेका छन् !

७ बर्ष अगाडि

काठमाडौँ – आगामी आर्थिक वर्ष २०७६÷०७७ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारलाई ‘मेरो सरकार’ भनेकामा चौतर्फी विरोध भइरहेको छ ।

राष्ट्रपतिले नीति तथा कार्यक्रमका क्रममा नेपालमा गणतन्त्र स्थापनापछि पहिलोपटक ‘मेरो सरकार’ भनेकी थिइन् । यसअघि पञ्चायतकाल र बहुदलीय व्यवस्थामा राजाहरुले तत्कालीन श्री ५ को सरकारलाई ‘मेरो सरकार’ भन्ने गरेका थिए ।

आज प्रकाशित हुने अधिकांश राष्ट्रिय दैनिक पत्रिकाले उक्त विषयलाई महत्वका साथ स्थान दिएका छन् । केही पत्रिकाले उक्त प्रकरणलाई ब्यंग्य गर्दै कार्टुनसमेत बनाएका छन् । नयाँ पत्रिका दैनिकले ‘मेरो सरकार’ भनेकामा खरो कार्टुन छापेको छ । कार्टुनमा औपचारिक पोसाक लगाएर एकजना भद्र व्यक्ति हातमा रिमोर्ट लिएर बसेका छन् । उनको अगाडि टेलिभिजन सेट छ । राष्ट्रपतिले नीति तथा कार्यक्रम बाचनका क्रममा ‘मेरो सरकार’ भनेपछि ती व्यक्तिले भनेका छन्– राष्ट्रपतिले सरकारै आफ्नो नाममा गरिसक्नु भो मान्छेहरु बालुवाटारको जग्गाको पछाडि कुदेका छन् ।’ कार्टुनले राष्ट्रपति र बालुवाटारस्थित ललिता निवासको १ सय १७ रोपनी सरकारी जग्गा किर्ते गरी व्यक्तिका नाममा गरिएको विषयलाई एकैसाथ ब्यंग्य गर्न खोजेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया