मोदी नेपाल आउने चर्चासँगै एकाएक भारतीय  राजदूत किन गए जनकपुर ?

७ बर्ष अगाडि

काठमाडौं–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने तयारीमा रहेको भारतीय मिडियाले जनाएका छन् । नेपालको औपचारिक कुटनीतिक च्यानलबाट कुनै पुष्टि नगरिएपनि भारतीय मिडियाका अनुसार  उनले आगामी मे ११ बाट नेपालको भ्रमण गर्ने तयारी थालेका छन् । यसका लागि भारतीय अफिसियल र दूताबासले तयारी थालेको बताइएको छ । 
यसैक्रममा भारतीय राजदूत मन्जिभसिंह पुरी आइतबार जनकपुर पुगेका छन् । नेपाल  आएको बेला जनकपुरको पनि भ्रमण गर्ने मोदीले बताएकाले त्यसको तयारीमा नेपालस्थित भारतीय राजदूत जनकपुर गएको बताइएको छ । 
दूताबास स्रोतका अनुसार नेतृत्वको टोलीले त्यहाँको वस्तुस्थितिको बारेमा जानकारी लिने छन् । 
पुरी जनकपुर पुगेर प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसँग मुख्यमन्त्रीको कार्यालयमा छलफल गर्ने समेत बताइएको छ । साँझ पुरीले प्रदेश दुईका सबै मन्त्री तथा मुख्य दलका नेताहरु र सुरक्षा अधिकारीसँग पनि छलफल गर्ने कार्यक्रम रहेको दूतावास स्रोतले जनाएको छ । 
प्रधानमन्त्री मोदीले यसअघि नेपाल भ्रमणमा आएको बेला जनकपुर भ्रमण गर्न सकेका थिएनन् । त्यतिबेला उनले अर्को  पटक आउँदा आउँदा जनपुर जाने बताएका थिए ।
 

७ बर्ष अगाडि

प्रतिक्रिया