काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई २४ औँ घण्टा संच्चालनमा ल्याउने लक्ष्य रहेको बताएकी छन् ।
संसदमा आर्थिक वर्ष २०७६र०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई २४ औँ घण्टा सच्चालनमा ल्याउन व्यवस्था मिलाउने भन्दै सो विमानस्थललाई अन्तराट्रिय विमानस्थलको रुपमा रुपान्तरण गरिने बताइन् ।
सरकारको २० लाख पर्यटन भित्र््याउने लक्ष्य राखेको भन्दै भण्डारीले २० लाख पर्यटन भित्र्याउन सन् २०२० मा नेपाल भ्रमण वर्ष अभियान संचालन गरिने बताइन् ।
भण्डारीले देशको अर्थतन्त्रलाई गतिशील बनाइएको बताइन् ।
नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपति भण्डारीले पछिल्ला दुई वर्षमा ६ प्रतिशतले आर्थिक वृद्धि भएको र यो वर्ष ७ प्रतिशतले वृद्धि भएकोले अब दोहोरो अंक आर्थिक वृद्धिको आधार तयार भएको पनि बताइन्।
प्रतिक्रिया