दुईदिन हेलिकप्टर नउडाउन गृहको आग्रह

७ बर्ष अगाडि

काठमाडौँ – बंगालको खाडीबाट विकसित भएको चक्रवात ‘फानी’ भारतको ओडिसा स्थित पुरी तटमा ठोक्किएपछि  नेपालमा त्यसको प्रभाव देखिएपछि गृह मन्त्रलायले सर्तकता अपनाउन आग्रह गरेको छ।

त्यस्तै गृहले हिमाली भेगमा शुक्रबार र शनिबार हेलिकप्टर नउडाउन आग्रह गरेको छ। चक्रवात फानीको प्रभावले हिमाली भेगमा भारी हिमपात हुने भएकोले सुरक्षाका लागि हेलिकप्टर नउडाउन आग्रह गरिएको गृहले जारी गरेको ट्वीटमा उल्लेख छ।

गृहले राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रले सूचना जारी गरेर आज र भोलि पूर्वी हिमाली क्षेत्रमा हेलिकप्टर नउडाउन अनुरोध गरेको हो ।
 

७ बर्ष अगाडि

प्रतिक्रिया