मन्त्री पण्डितले भने: समायोजन भएका कर्मचारीहरुको गुनासो सम्बोधन हुन्छ

७ बर्ष अगाडि

काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले यही बैशाख महिना भित्र समायोजनमा गएका सबै कर्मचारीहरुको गुनासो सम्बोधन गर्ने तयारीका साथ काम भइरहेको बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले महिला र बिरामी परेका कर्मचारीहरुको गुनासो सुनुवाईको कामलाई पहिलो प्राथमिकतामा राखिएको बताए । 

सरकारले प्रदेश फरक परेका, श्रीमान वा श्रीमती फरक–फरक ठाउँमा भएकाहरुलाई पायक पर्ने ठाउँमा समायोजनमा खटाउनेसहितको कानुनी व्यवस्था गरेको छ । सोही कानुनी व्यवस्था अनुसार कर्मचारीहरुको गुनासो सम्बोधनको काम भइरहेको उनले बताए । 

७ बर्ष अगाडि

प्रतिक्रिया