नयाँ शक्त्तिबाहेक अन्य पार्टीसँग एकता हुदैन : उपेन्द्र यादव

७ बर्ष अगाडि

काठमाडौँ – संघीय समाजवादी फोरमका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले नयाँ शक्तिबाहेक अन्य पार्टीसँग एकता नहुने बताएका छन् ।

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)सहित अन्य चार पार्टीसँग एकता हुने भन्ने हल्ला मात्र भएको उनले बताए । 

विराटनगरमा शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै यादवले राजपालगायतका अन्य चार दलसँग एकताकोलागि प्रारम्भिक छलफलसमेत नभएको प्रस्ट पारे । 

‘नयाँ शक्ति पार्टीसँग एकता प्रक्रिया बढिरहेको छ,’ उनले भने, ‘तर, अन्य पार्टीसँग पनि छलफल भयो भन्नु हल्ल मात्र हो ।’  

७ बर्ष अगाडि

प्रतिक्रिया