सरकारले जनताको सुःखसहितको समृद्धि चाहेको छ : प्रधानमन्त्री ओली

७ बर्ष अगाडि

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनताको सुःखसहितको समृद्धि चाहेको बताएका छन् ।

शुक्रबार ‘सार्क चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रि’का पदाधिकारीहरुसँग सरकारी निवास बालुवाटारमा भएको सामूहिक भेटमा प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपालः सुःखी नेपाली’ नेपाली जनताको साझा सपना भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न सरकार क्रियाशील रहेको दावी गरे । 

उनले दक्षिण एशीयाली राष्ट्रहरुको समृद्धि र त्यहाँका जनताले सुःख पाएको हेर्न नेपाल आतुर रहेको बताए ।

भेटमा उनले नेपाल र दक्षिण एशीयाली राष्ट्रहरुको समृद्धिका लागि त्यहाँको युवा जनशक्तिलाई परिचालन गर्नुपर्ने प्रस्ताव अघि सारेका थिए । नेपालमा ४० प्रतिशत युवाहरु र ६० प्रतिशत भन्दा बढि काम गर्ने उमेर समूहका मानिसहरु रहेकाले उनीहरुलाई समृद्धिको अभियानमा परिचालन गर्ने उनले बताए  ।

उनले नेपालमा लगानी गर्न बैदेशिक लगानीकर्ताहरुलाई पुनः आह्वान गर्नुपर्ने बताउँदै नेपालमा लगानी गरे त्यसको प्रतिफलको ग्यारेन्टी सरकारले गर्ने बताए ।

७ बर्ष अगाडि

प्रतिक्रिया