प्राधिकरणलाई टक्कर दिने भन्दै व्यापारीले खोले ऊर्जा कम्पनी

७ बर्ष अगाडि

काठमाडौं –  नेपालमा विद्युत् उत्पादन व्यापार तथा वितरणको काम नेपाल विद्युत् प्राधिकरणले मात्रै गर्दै आएको थियो । प्राधिकरणले सबै काम गर्दै आएकले  निजी क्षेत्र तथा अन्य निकायले त्यसमा हात हालेको थिएन ।

तर पछिल्लो पटक विद्युत् व्यापार गर्ने लक्ष्यका साथ निजी क्षेत्रले नेपाल पावर एक्सचेञ्ज कम्पनी खोल्ने भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपालका अध्यक्ष शैलेन्द्र गुरागाईलगायतको टोलीले सो कम्पनी दर्ता गरेका हुन् ।

कम्पनीका ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल  प्रधान, कुमार पाण्डे, आशिस गर्ग, कुशकुमार जोशीलगायत रहेका छन् । कूल १० करोड चुक्ता पूँजीमा स्थापना भएको कम्पनीले  विद्युत् प्रसारणका लागि प्रसारण लाइन  निर्माण तथा विद्युत् व्यापार समेत गर्ने भएको छ ।

कम्पनी रजिष्टारको कार्यालयमा केही समय पहिले  कम्पनी समेत दर्ता भइसकेको छ । विद्युत् व्यापार तथा प्रसारणमा प्राधिकरणको् मात्रै एकाधिकार रहेकोमा अब भने त्यो तोडिने भएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया