काठमाडौँ – नेपाली कांग्रेसका सभापति एवम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा पछिल्लो समय ठुला ठुला काण्डमा मुछिदै गएका छन् ।
उनिमात्र हैन अन्य प्रभावसाली नेता पनि यसरी ठुला काण्डमा नमुछिएका त हैनन् । तर विशेषगरी जब देउवाको इन्ट्रि हुन्छ अनी त्यो काण्डको च्याप्टर नै क्लोज हुन्छ ।
उदाहरणमा हेर्दापनि देउवा मुछिदै गएपछी ठुला काण्डहरु सेलाउदै गएका छन् । ठुला ठुला काण्डमा पार्टी सभापति शेरबहादुर देउवा मुछिएपछि कांग्रेस नेताहरुसमेत अहिले चुप लाग्दै गएका छन् । पछिल्लो समयमा भएका सबै काण्डमा देउवाको नाम जोडिएपछि उनको मात्र होइन पार्टी नेता तथा कार्यकर्ताको नै वाक्य बसेको छ ।
बालुवाटारको जग्गा काण्डमा पनि देउवाको नाम जोडिएपछि राजनीतिमा अर्को तरंग उत्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले जग्गा हडपेको विषय आएपछि गहिरो छानबिन गर्दा देउवा पनि जोडिएका छन् ।
वाइडबडी प्रकरणमा पनि जोडिएका देउवाले अब मुख देखाउने ठाउँ बन्द भइसकेको छ । राज्य लुट्ने ठूलाठूला घटनामा प्रमुख नेताहरुको सेटिङ हुने गरेको छ ।सामान्य विषयमा झगडा गरेजस्तो गर्ने उनीहरु लुटी खाने बेलामा भने एकमत हुने गरेको यही प्रमाणले प्रष्ट पारेको छ ।
सरकारका भन्छ जो सुकै भएपनि कारवाही गर्छाे
हिजो मात्र सरकारले बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ताको विषयमा जोसुकै जोडिए पनि छानबिन गर्न सरकार पछि नहट्ने बताएको छ ।
बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक कार्यक्रममा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बालुवाटार जग्गा अनियमितता छानबिनमा सरकार पछि नहट्ने बताए ।
‘यसमा म स्पष्टसँग अनुरोध गर्न चाहन्छु । सरकारले पिठ्युँ फर्काउनेवाला, आँखा चिम्लनेवाला, आँखा झिम्क्याउनेवाला छैन, कानमा तेल हाल्ने वाला छैन’ मन्त्री बास्कोटाले भने, ‘बालुवाटार जग्गामा चारतारे, लालतारे कसैलाई सरकारले छुट दिन सक्दैन ।’
यसअघि पनि भएकै हुन छानबिन
सरकारले यसअघि पनि विभिन्न ठुला प्रकरणमा छानबिन गरेकै हो । जसको उदाहरणमा सबैले लेनि गर्छन् वाइडवडी काण्ड । वाइडवडी प्रकरणमा पनि सुरुमा निकै हल्ला खल्ला भयो सस्कृति पर्यटन तथा उड्यन मन्त्री दिवगंत रविन्द्र अधिकारी माथी पनि निकै आरोप लाग्यो अन्तत लेखा प्रतिवेनले तयार पारेको प्रतिवेदनमा सभापति शेरबहादुरको हात देखिएपछि वाइडवडीको पनि च्याप्टर क्लोज भएकै हो ।
अब वालुवाटारको पालो
अहिले वालुवाटारको जग्गा प्रकरणले पनि राजनीतिमा निकै तहल्का पिटेको छ । सरकारले पनि यसमा जो सुकै भएपनि कारवाही गर्छाे भनिसकेको छ । तर माधव नेपाल,बाबुराम भट्टराई,विष्णु पौडेल,शेरबहादुर देउवा जस्ता नेताहरु जोडिएपछी यसले अब कस्तो मोड लेला त्यो त हेर्न बाकी नै छ ।
प्रतिक्रिया