काठमाडौं – अर्थमन्त्री युवराज खतिवडाले उद्घाटन गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ठूला पूर्वाधारमा लगानी जुटाउन मुद्दती निक्षेपको ब्याजदर सार्वजनिक गरेको छ ।
केही समय पहिले देखि मात्रै सञ्चालनमा आएको बैंकले वाणिज्य बैङ्क हाराहारीमा मुद्दती निक्षेपमा ब्याज दिने गरी प्रस्ताव अगाडि सारेको छ ।
सो बैंकले मुद्दती निक्षेपमा न्यूनतम ८ देखि अधिकतम ९.२५ प्रतिशत ब्याज दिने भएको छ । अरु बैंकको हाराहारीमा ब्याज दिने निर्णय गरेको छ ।
मुद्दती निक्षेपको ब्याजदर हेर्दा यो बैंकबाट पूर्वाधार सस्तोमा कर्जा पाउने सम्भावना कम देखिएको बताइएको छ । बैंकले व्यक्तिगत मुद्दतीमा ९.२५ प्रतिशत ब्याज दिने जानकारी दिएको छ ।
यस्तै संस्थागत निक्षेपकर्तालाई लक्षित गरी न्यूनतम ८ देखि ९ प्रतिशत ब्याज दिने गरी शुभ पूर्वाधार खाता ल्याएको छ । जसअनुसार ५ वर्षका लागि न्यूनतम ९, छदेखि १० वर्षका लागि ८.५ र ११ देखि १५ वर्षसम्मलाई ८ प्रतिशत ब्याजदर तय गरेको छ । त्यस्तै बैंकले न्यूनतम ५ वर्षदेखि अधिकतम १५ वर्षसम्मका लागि मुद्दती निक्षेप योजना ल्याएको हो ।
व्यक्तिगत तथा संस्थागतका लागि ल्याएको शुभ पूर्वाधार खातामा न्यूनतम १ करोड रुपैयाँ हुनुपर्ने र यसको अवधि ५ वर्ष माथि रहने बंकले जानकारी गराएको छ । संस्थागत निक्षेपकर्तालाई लक्षित गरी ल्याएको त्रिगुणा पूर्वाधार खातामा न्यूनतम ५ करोड रुपैयाँ छ ।
त्यस्तै दीर्घकालीन मुद्दती खाता र ऋणपत्र र विदेशबाट ऋण लिएर पूर्वाधारमा लगानी जुटाउन पाउने छ ।
प्रतिक्रिया