काठमाडौं – बिक्री खुला भएको ४५ मिनेटमा नै माग भन्दा बढी आवेदन परेको गुराँस लघुवित्त वित्तीय संस्थाले बिक्री गरेको साधारण शेयर खरीद गर्ने आज अन्तिम दिन हो ।
संस्थाले सर्वसाधारणको लागि दुई लाख ३३ हजार कित्ता प्राथमिक शेयर बिक्री गरेको थियो । बिहीवारसम्ममा माग भन्दा १५ गुणा बढी आवेदन परेको जनाइएको छ । बिहीवारसम्ममा एक लाख ९८ हजार आवेदकबाट ३७ लाख कित्ता भन्दा बढी आवेदन परेको संसथाले जनाएको छ ।
संस्थाले सर्वसाधारण समूहतर्फ निष्काशन गरेको शेयरमध्ये ०.५ प्रतिशत अर्थात तीन हजार ८७५ कित्ता कर्मचारी, ५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता सामूहिक लगानीकोष र बाँकी दुई लाख ३३ हजार ६२५ कित्ता सर्वसाधारणको लागि बिक्री खुला गरेको हो।
सर्वसाधारणले प्रतिशेयर १०० रुपैयाँको दरमा न्यूनतम १० कित्ता र अधिकतम ५०० कित्ताको लागि आवेदन दिन सक्ने व्यवस्था थियो ।
नेपाल राष्ट्र बैंकबाट ’घ’ वर्गको अनुमति प्राप्त संस्थाको १० वटा जिल्लामा कार्यक्षेत्र रहेको छ ।
प्रतिक्रिया