उपभोक्ताको ढाड सेक्ने आयल निगमको निर्णय, घट्दा नघटाउने, बढ्दा बढाउने यो कस्तो व्यापार

७ बर्ष अगाडि

काठमाडौँ – नेपाल आयल निगममा जो सुकै हाकिम आएपनि नेपाली जनताका लागि केही फरक पर्दैन । काले आए पनि गोरे आएपनि नेपालीलाई केही फरक पर्दैन ।

अन्तर्राष्ट्रय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपनि निगमले कहिल्यै इन्धनको मूल्य घटाउँदैन । घटे पनि असाध्यै कम मात्रै घटाउँछ । पछिल्लो समय इन्धनको मूल्य लगातार ओरालो लाग्यो, तर निगम निदाएर बस्यो, जब थोरै मात्रामा इन्धनको मूल्य ब्ढयो, तब निगम पुनः तेलको भाऊ बढाउन लागिपर्यो ।

बिहिबार पनि त्यस्तै भयो, विश्व बजारमा  तेलको भाउ बढेको कारण देखाउँदै नेपाल आयल निगमले पेट्रोल र डिजेल र मट्टितेलको भाउ बढाएको छ। निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएको हो। हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ।

निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ५० पैसा र डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य बढाएको हो।

नयाँ मूल्य अनुसार अब काठमाडौँमा पेट्रोल प्रतिलिटर १११ रुपैयाँ ५० पैसा कायम भएको छ। यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर ९८ रुपैयाँ पुगेको छ।

इण्डियन आयल कर्पोरेशनबाट १ मे २०१९ मा प्राप्त मूल्य बढेर आएकोले मूल्य विश्लेषण गरी समायोजन गरिएको निगमले जनाएको छ । जनतालाई कहिल्यै राहत नदिने संस्थाको रुपमा निगम परिचित छ । जसले एकाधिकारपूर्ण व्यापार गर्दै आएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया